काठमाडौं । विगत ११ वर्षमा टिम सार्कले सय वटा इन्डोप्रोस्थेटिक सर्जरी सम्पन्न गरेको छ । पहिले हड्डी र मांसपेशीमा क्यान्सर भए शल्यक्रिया गर्दा सो अंग नै काटेर फाल्नुपर्ने अवस्था थियो । तर अहिले इन्डोप्रोस्थेटिक शल्यक्रिया बाट कयौं बिरामीको ज्यान र सो अंग जोगाउन सकिने विज्ञहरु बताउ छन् ।
शुक्रवार ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल एवं रिसर्च सेन्टरमा आयोजित एक कार्यक्रममा अस्पतालका हाडजोर्नी तथा मांसपेशीका शल्यचिकित्सक डा. जनित सिंहले विगत ११ वर्षमा १ सय वटा इन्डोप्रोस्थेटिक सर्जरी गरेको बताए । उनले यस सर्जरीका कारण धेरै मानिसले पुनर्जिवन पाएको जानकारि दिए । उनले सार्कमा रहेका ८ जना शल्यचिकित्सकले विगत ९ वर्षमा यस्ता दुर्लभ १ सय वटा शल्यक्रिया सम्पन्न गरेको जानकारी दिए ।
क्यान्सर भएको हड्डी वा सामान्यभन्दा बढेको हड्डीलाई काटेर त्यको ठाँउमा हड्डी कै आकार बनाएर स्टिल राखेर सर्जरी गरिने डा. विनायक ढुङ्गेलले बताए । क्यान्सर निको हुने रोग हो यसको समयमै उपचार गरे सो अंग जोगाउन सकिने उनको भनाई छ । उनले सार्कामा क्यान्सरले मानिसको हड्डी मक्काउने र विस्तारै क्यान्सर मांसपेशी र अन्य अंगमा समेत सर्ने बताए । अन्य क्यान्सर भन्दा सार्कामा क्यान्सर छिटो फैलिने उनले बताए ।
इन्डोप्रोस्थेटिक सर्जरी नेपालमा पहिलो पटक वरिष्ठ हाडजोर्नी शल्यचिकित्सक डा. अशोकरत्न बज्राचार्यले गरेका थिए । डा. बज्राचार्यले सन् १९८९ मा बेलायतमा गएर सिकेपछि यो शल्यक्रिया नेपालमा भित्र्एका थिए । पहिले प्रविधिको विस्तार नभएको हुँदा उपचारमा चुनौति रहेको उनले बताए । अहिले नयाँ पुस्ताले यस जटिल शल्यक्रियालाई नेपालमा विस्तार गरेको देख्दा डा. बज्राचार्यले खुशी व्यक्त गरे । उनले अझै पनि नेपालमा छोरा बिरामि हुँदा घरखेत बेचेर उपचार गराउने अभिवावकले छोरि लाई सो समस्या देखिए उपचारमा पनि नआउने गरेको कुरा बताए । यदि सरकारले सो उपचार विपन्नको पहुचमा पुरु्याउन सके सबैले उपचार पाउने जिकर गरे ।
उक्त कार्यक्रममा बोल्दै डा. रिसिराम पौडेलले हामिले दिने उपचार अन्तर्राष्ट्रीय स्तिरको भए पनि हामि संग बिदेशमा जस्तो समय अनुसार प्रविधिको विस्तार नहुँदा यसमा सरकारले ध्यान दिनु पने जोड दिए । उनले यस शल्यक्रियाको प्रकृयामा १० देखि १२ लाख रुपैयाँ खर्च हुने भएकाले सरकारले दिने एक लाखले नपुगने भएकाले विपन्नको उपचार गर्ने गाह्रो भएको टिप्पणी गरे । यो दुर्लभ रोग भएको भन्दै उनीहरुले यस्ता उपचारलाई निःशुल्क बनाउन सरकारले लगानी गर्नुपर्ने बताए ।