काठमाडौं । जावलाखेल ललितपुरस्थित लेजर थेरापि क्लिनिकमा आइतबार देखि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
उक्त शिविरमा हाडजोर्नी, नशा च्यपिएको, कम्मरको दुखाई, बाथको दुखाइ, युरिक एसिड बढेको, अन्य कुनै पनि किसिमको दुखाइ वा नशा सम्बन्धिको समस्याको जाँच स्त्री रोग विशेषज्ञ तथा लेजर थेरापी बिशेषज्ञ डा. शुसिला बैद्यद्वारा शिविरमा जाँच भइरहेको छ।
जेठ २५ गते सम्म सञ्चालन हुने शिविरमा डाक्टर परामर्स सेवा निशुल्क, ल्याव टेस्टमा ५० % छुट र लेजर थेरापी लगायत सम्पुर्ण उपचारमा १५ % छुटको व्यवस्था रहेको छ । उक्त शिविर लेजर थेरापि क्लिनिककै प्रांगणमै यहि मिति २०८१/०२/२० गते देखि जेठ २५ गते सम्म हरेक दिन ९ देखि ५ बजे सम्म सञ्चालन हुदैछ ।