काठमाडौं । सेवा नै धर्म हो भन्दै इजी डेन्टलले एक महिना सम्म नि:शुल्क शिविर संचालन गर्न लागेको छ । दाँत तथा मुखको उपचार महँगो छ भन्ने कुरा धेरै जनाले गर्दै गर्दा उपचार बाट आर्थिक कारणले बन्चित हुन् नपरोस सबैको लागि सहज होस् सुलभ होस् भन्ने उदेस्यका साथ् यहिँ असार १ गते देखि ३१ सम्म एक महिने शिविर संचालन गर्न लागेको हो । समाज र स्वास्थ क्षेत्रमा लामो समय अनुभब लिएका संचालकबाट संचालित यस इजी डेन्टल ले सुभारम्भ को अबसरमा शिविर संचालन गर्न लागेको इजी डेन्टलका निर्देशक अजय रेग्मीले बताए ।
शिविरमा गरिने उपचारहरु :
- निःशुल्क नाम दर्ता, चेक जाँच तथा परामर्श
- निःशुल्क दाँत सफा गर्ने
- निःशुल्क ११ वर्ष सम्मका बच्चा र ७५ बर्ष माथीका जेष्ठ नागरीकको दाँत निकाल्ने
- निःशुल्क मुखको क्यान्सर सम्बन्धि चेक जाँच
- दाँत तथा मुख सम्बन्धी अन्य उपचारमा छूट
- जरा देखीको उपचार (rct) जम्मा मात्र रु ३५००