काठमाडौँ । चाबहिलको महाकांल स्थित इजी डेन्टल र वोल्ड लिङ्क कम्युनिकेसन लिमिटेड (world link ) बीच दन्तरोगको उपचार र जनचेतना सम्बन्धि सहकार्यका लागि सहमति भएको छ ।
तीस वर्षको अनुभव, दक्ष चिकित्सक र अत्याधुनिक प्रविधिबाट आफ्नो सेवा दिई रहेको इजी डेन्टलले उक्त सहमति गरेको हो । दुवै पक्ष बीच शक्रबार सहमतिपत्र मा हस्ताक्षर भएको छ । सहमतिअनुसार वोल्ड लिङ्कमा कार्यरत कर्मचारी तथा सेवाग्राहीलाई दन्तरोगको उपचारमा छुटको ब्यवस्था हुनेछ ।
सबैमाझ दन्त उपचार सहज सुलभ पुर्याउन दुवै पक्ष बिच सहकार्य भएको इजी डेन्टलका प्रमुख अजयकुमार रेग्मीको भनाइ छ ।