धनगढी । धनगढीको हसनपुरस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले आर्थिक अवस्था कमजोर भएका एक व्यक्तिको निशुल्क उपचार गरेको छ ।
धनगढी १२ जुगेडाका ३४ बर्षिय गोपाल थापाको निसर्ग हस्पिटलले निसुल्क उपचार गरेको छ । रुखबाट खसेर हात भाँचिएपछि थापालाई परिवारले निसर्ग हस्पिटलमा ल्याएका थिए ।
हस्पिटलका हाड जोर्नी तथा नशारोग विशेषज्ञ डा। श्रीराम खाती, डा. ओमकार बिष्ट, डा. बम बहादुर कुँवर एनेस्थेसियोलोजिस्ट डा. द्धय हेमन्त ओझा र सुनिल भट्ट लगाएतको टिमले थापाको भाँचिएको हातको सफल सल्यक्रिया गरेका थिए । आर्थिक अवस्था निकै कमजोर रहेकाले थापालाई हस्पिटलले एक साता सम्म निशुल्क उपचार गरेर आज डिस्चार्ज दिएको छ ।
गोपालकी आमा दिलमाया थापाले हस्पिटल परिवारलाई धन्यवाद दिदैं भनिन्न्, बिहान बेलुकिको छाक टारन गारो भएको अवस्थामा हस्पिटलको उपचार खर्च कसरी जुटाउने भने थियो तर हस्पिटलले मेरो छोराको निशुल्क उपचार गरिदिएर हामी माथी ठुलो गुन लगाएको छ ।
बिरामिका आफन्तले आर्थिक अभाब कै कारण उपचार गर्न समस्या भएको याचना गरेपछी उनके निशुल्क उपचार गरेको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बताए । हस्पिटलले बिपन्न परिवारलाइ छुट र आर्थिक अभाव भएकाहरुलाई उपचारमा सहयोग गर्दै आएको पनि पन्तले बताए ।