काठमाडौँ । नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएको छ ।
सोमबार राति एमाले अध्यक्ष केपी शर्मा ओली दुई वर्ष प्रधानमन्त्री, बाँकी अवधि शेरबहादुर देउवा चुनावसम्म प्रधानमन्त्री बन्ने सहकार्य गर्ने सहमति भएको हो ।
ओली नेतृत्वको सरकारमा एमालेले अर्थसहित नौवटा र गृहसहित कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति भएको स्रोतको भनाई छ । तर अहिलेसम्म अन्य कुन कुन मन्त्रालय, कुन दलको भागमा पर्ने तय भइसकेको भने छैन ।
मन्त्रालय बाँडफाँटदेखि प्रदेश सरकारहरूको भागबन्डासम्मका विषयमा सहमति जुटिसकेको स्रोतको भनाइ छ । सहमतिमा प्रदेश सरकारको बाँडफाँटमा एमालेले कोसी, लुम्बिनी र कर्णाली पाउने छ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गर्ने छ । मधेश प्रदेशमा मधेशकेन्द्रित दललाई नेतृत्व दिने सहमति छ ।