काठमाडौँ । आज देखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा विशेष पोलियो खोप अभियान सञ्चालन भएको छ ।
ढलमा पोलियो भाइरस भेटिएपछि सरकारले बालबालिकालाई विशेष पोलियो खोप अभियान सञ्चालन गरेको हो । टुकुचा र बागमतीको दोभानमा पोलियोको भाइरस पाइएपछि काठमाडौँ, ललितपुर र भक्तपुर तीन जिल्लामा रहेका पाँच वर्षमुनिका बालबालिमा बढी जोखिम हुने भएकाले उनीहरुलाई खोप दिन लागिएको हो ।
आज देखि साउन १२ गतेसम्म पोलियोविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । काठमाडौँको टुकुचा खोला र बागमती नदिको संगमस्थलबाट गत १३ जेठमा संकलन गरिएको ढलको नमूना परीक्षणका क्रममा परिवर्तित पोलियो भाइरस ९भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३० देखा परेपछि तीन जिल्लामा विशेष खोप अभियान सुरु गर्न लागिएको हो ।