ललितपुर । ललितपुरका एक १६ वर्षीय बालकमा हैजा पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा परीक्षण गर्दा उक्त बालकमा हैजा पुष्टि भएको हो । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ ठैवको ठैवस्थित एक पुनर्स्थापना केन्द्र (रिह्याबिलिटेसन सेन्टर) बस्ने उनिमा हैजा पुष्टि भएको हो। ती बालकको काठमाडौंको टेकु अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालका निर्देशक डा.युवानिधि बसौलाका अनुसार अहिले उनको स्वास्थ्य सुधारोन्मुख छ । सोही केन्द्रमा रहेका अर्का एक व्यक्तिमा पनि झाडापखालाको लक्षण देखिएर टेकु अस्पतालमै उपचार भइरहेको छ ।
डा।बसौलाका अनुसार उक्त ठाउँबाट हैजाका लक्षण लिएर चार जना युवा आएकोमा एक जनामा यो पुष्टि भएको हो । अर्को एक जनाको रिपोट कल्चरको लागि दिइएको र दुई जना बिरामी सोमवार राति अस्पतालबाट भागेका छन् ।