काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ । सौर्य एयरलाइन्सको विमान उड्ने क्रममा दुर्घटना भएको हो।
दुर्घटनाका कारण विमानमा आगो लागेको छ । दुर्घटनाको विस्तृत विवरण आएको छैन । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली आगो नियन्त्रणको प्रयासमा छन् ।