काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ ।
विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको हो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ ।
विमानस्थल प्रहरी कार्यालयका त्रिदेव बुढाथोकीका अनुसार घाइते अवस्थामा रहेका विमान चालकको उद्धार गरिएको छ। उनलाई उपचारका लागि केएमसी अस्पतालमा भर्ना गरिएको छ। उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य छन् । जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । अन्य यात्रुको अवस्थाका बारेमा भने विवरण आउनेक्रम जारी रहेको उनले बताए ।
प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । अहिले उद्धारको काम जारी छ ।