काठमाडौं । त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट पोखराका लागि उडने क्रममा बिहान ११ बजे दुर्घटना भएको हो । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको हो ।
जहाजमा १९ जना यात्रारत रहेका थिए जसमध्ये १८ जनाको मृत्यु भएको थियो भने एक जनाको जीवितै उद्दार गरिएको थियो । शवहरू टिचिङ अस्पताल महाराजगञ्ज लगिंदै गरिएको प्रहरीले जनाएको छ ।