काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते क्याप्टन पाइलट मनिषरत्न शाक्यको उपचार केएमसी अस्पताल जारी छ ।
शाक्यको टाउमा चोट लागेको अस्पतालले जनाएको छ । दुर्घटना घाइते पाइलट शाक्यलाई तत्काल उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो । उनको उपचार भइरहेको अस्पतालले जनाएको छ । शाक्यको मेरुदण्डको अपरेशनको तयारि भएको अस्पतालले जनाएको छ ।
त्यस्तै उनको टाउकोमा पनि चोट लागेकाले न्यूरो सर्जरी गर्ने र आँखामाथिको भागमा लागेको चोटको पनि अपरेशन गर्नुपर्ने चिकित्सकले बताए । अस्पतालका हाडजोर्नी विशेषज्ञ, न्यूरोसर्जन, फिजिसियन लगायत विशेषज्ञ चिकित्सकले उनको स्वास्थ्य जाँच गरिरहेको अस्पतालले जनाएको छ ।