काठमाडौँ । काठमाडौँमा १ जना पुरुषमा हैजा देखिएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले कालिमाटी क्षेत्रका १ जना पुरुषमा हैजा पुष्टि भएको बताए । उनले शंकास्पद ३ जनामा आरडीटी पोजेटिभ देखिए पनि १ जनामा पुष्टि भएको र २ जनाको कल्चरको रिपोर्ट आउन बाँकि रहेको बताए । उनिहरूलाई उपचारका लागी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ल्याइएको सापकोटाले जानकारि दिए ।