काठमाडौँ । काठमाडौँ उपत्यकामा पोलियो रोग जोखिम भएकाले विशेष पोलियो खोप अभियान यही साउन १५ गतेसम्म सञ्चालन हुने भएको छ ।
यस अघि ढलमा पोलियो भाइरस भेटिएपछि सरकारले साउन ९ देखि १२ गतेसम्म विशेष पोलियो खोप अभियान सञ्चालन गरेको थियो ।
यसअघि खुवाइने छुटेका बालबालिकालाई ‘ओपिभी’ खोप खुवाउन लागिएको हो । पोलियो खोप जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाइँदै छ । स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले घर-घर पुगेर पोलियो रोगविरुद्धको खोप खुवाउने स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए।