पोखरा । कास्कीको पोखरामा आज भएको स्कुल बस दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ । उक्त दुर्घटनामा २८ जना घाइते भएका छन् ।
बसमा चालक, सहचालक र २२ विद्यार्थीसहित २४ जना सवार थिए । मृत्यु हुने विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र विद्यालयमा अध्ययनरत उनका छोरा ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको प्रहरीले जनकारि दिएको छ । दुवै जनाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
बसमा २७ जना विद्यार्थी, चालक, सहचालक र एक अभिभावक गरी ३० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।