काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । गत वैशाख १४ गतेबाट भएको परीक्षामा पाँच हजार पाँच सय ४२ विद्यालयका नियमित तर्फ करिब चार लाख परीक्षार्थी सहभागी थिए । जसमध्य दुई लाख तीन हजार आठ सय ४७ विद्यार्थी पास भएका छन् ।
सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् ।