जुम्ला । जुम्ला कारागारमा एक कैदीको मुत्यु भएको छ ।
उच्च रक्तचापले ह्रदयघातका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३४ वर्षीय प्रदीप टमटाको आइतबार मृत्यु भएको हो । आइतबार बिहानै व्याडमेण्टन खेलिसकेपछि खाना खानु अघि छाती दुख्यो भनेर कारागारको खल्लीमा ढलेका जेलर जया प्रसाद पाण्डेले बत्ताए । उपचार गर्न अस्पताल लगेको दुई घण्टामा मृत्यु भयो ।’
अस्पताल पुराएको दुई घण्टापछि मृत्यु घोषणा भएको जेलर पाण्डेले बत्ताए । उनका अनुसार मृतक टमटाका आफन्त नेपालगन्ज र मुगु जिल्लाबाट जुम्ला आउँदै छन् । साउन २१ गते शव पठाउने तयारी गरिएको छ । मृतक टमटाकी पत्नीसहित एक छोरी र दुई छोरा रहेका छन् ।
उच्च अदालत सुर्खेत जुम्ला इजलासले बलात्कार घटनामा पाँच वर्ष कैद तोकेको थियो । उनी ०७९ साउन २७ गते जुम्ला कारागारमा आएका हुन् । तीन वर्ष जति कैद भुक्तान गरिसकेका थिए । उच्च र जिल्ला अदालतले उनलाई दोषी ठहराएको थियो ।जुम्ला कारागारमा पाँच जना महिलासहित एक सय २३ कैदीवन्दी रहेका छन् ।