काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले नेपालका स्वास्थ्य क्षेत्रमा काम गर्ने नर्स लगायतका कर्मचारीहरूको स्तरवृद्धि नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसदहरुले नर्सहरूले लामो समयसम्म सेवा गर्दा पनि स्तरवृद्धि नभएको, रात्रिकालीन सेवा गर्दा भत्ता रकम अत्यन्तै न्युन भएको भन्दै नर्सहरूको मनोबल बढाउन दुर्गममा कार्यरतसँगै उनहरूको शैक्षिक योग्यतालाई पनि ध्यान दिनुपर्ने बताए ।
यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ लाई समितिमा छलफलका लागि पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।