काठमाडौँ । पछिल्लो तथ्याङ्क अनुसार देशभर ३० जनामा हैजा देखिएको छ । काठमाडौँ, ललितपुर र कैलालीलगायत प्युठानमा पनि हैजा देखिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार ललितपुरमा १९ जना, कैलालीमा ८ जना, काठमाडौँमा एक जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ ।
बर्खा याममा पानी, खानेकुरा दूषित हुने भएकाले यस समयमा हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । झिँगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खुला स्थानका खाद्यपदार्थ नखान र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने ।