पेरिस। दुई स्वास्थ्य विशेषज्ञले बुधबार ओलम्पिक आयोजकहरूलाई कोका–कोलासँगको सम्बन्ध तोड्न आग्रह गरेका छन् । उनीहरूले ठूलो रकमको प्रायोजन सम्झौताले अमेरिकी कम्पनी कोका–कोलालाई अस्वस्थकर चिनीयुक्त पेय पदार्थहरू ‘स्पोर्टसवास’ गर्न अनुमति दिने बताएका छन् ।
विश्वव्यापी स्वास्थ्य समूह भाइटल स्ट्राटिजिजका ट्रिस कोटर र सान्ड्रा मुलिनका अनुसार यी चिनीयुक्त पेय पदार्थहरूले ‘थोरै वा कुनै पोषण मूल्य प्रदान गर्दैनन्’ र त्यस्ता अस्वस्थकर उत्पादनहरूलाई प्रवर्द्धन गर्न खेलमा कुनै स्थान छैन । पेरिस खेलमा प्रशंसकहरूले प्रयोग गर्ने प्लास्टिकको बोतलको मात्रालाई लिएर पर्यावरणीय कार्यकर्ताहरूले आलोचना गरेपछि स्वास्थ्य विशेषज्ञहरूको उक्त आग्रह आएको हो ।
चिनीयुक्त पेय पदार्थहरू मोटोपना, मधुमेह, उच्च रक्तचाप र हृदय रोगसहित विश्वभरका मानिसहरूलाई असर गर्ने गम्भीर स्वास्थ्य समस्याहरूको एक मुख्य चालक भएको दुवै जनाले बिएमजे ग्लोबल हेल्थ जर्नलमा टिप्पणीमा लेख्नुभएको छ । कोका–कोलाका उत्पादनहरूले विश्वव्यापी प्लास्टिक प्रदूषण, हरितगृह ग्यास उत्सर्जन र ठूलो मात्रामा पानीको प्रयोग भएको उनिहरूले बताए ।
“कोका–कोलासँगको सम्बन्धलाई निरन्तरता दिएर ओलम्पिक आन्दोलनले खराब पोषण, वातावरणीय ह्रास र जलवायु परिवर्तनको विश्वव्यापी महामारीलाई तीव्र पार्ने जोखिम छ”, लेखकहरूले लेखेका छन्, “अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ९आइओसी० ले खेलाडी, दर्शक र पृथ्वीको हितमा कोका–कोलासँग सम्बन्ध तोड्ने समय आएको छ ।” एजेन्सि