काठमाडौँ। वर्षायाम सुरु भएयता ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या अधिक बढेको छ ।
तनहुँको सदरमुकामस्थित दमौली अस्पताल ज्वरो र झाडापखालाका बिरामी भरिभराउ भएको छ । पछिल्लो समय बिरामीको चाप बढ्दै गएपछि अस्पतालका बेड भरिभराउ भएका छन् ।
असारदेखि हालसम्म दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका अस्पतालले जनाएको छ । उपचारमा आउने बिरामीमध्ये अधिकांश ज्वरो, डेङ्गु र झाडापखालाका बिरामी छन् । डेङ्गुका बिरामीमा धेरै टाउँको दुख्ने, बान्ता हुने, पेट दुख्ने, सेतो रगतको मात्रा घट्ने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण लिएर आउने गरेका छन् ।