काठमाडौं । जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पताल लाई शिक्षण संस्थाका रूपमा विकास गर्नुपर्ने नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले बताएका छन् ।
अस्पतालको वार्षिकोत्सवका अवसरमा अस्पतालको निरीक्षणपछि नेता डा. कोइरालाले अर्थोपेडिक उपचारसँगै स्नातकोत्तर तहको अध्ययन गर्ने शिक्षण संस्थाका रूपमा यस अस्पतालको विकास गर्दै लैजानुपर्ने बताएका हुन् । डा। कोइरालाले अस्पतालका लागि राज्यका तर्फबाट बजेटको व्यवस्था र त्यहाँ कार्यरत जनशक्तिका लागि आवश्यक तालिम र अस्पातलको आधुनिकीकरणका लागि आफूले सक्दो पहल गर्ने बताए ।
अस्पतालका मेडिकल निर्देशक डा. कैलाश भण्डारीले सरकारका तर्फबाट नियमित रूपमा बजेटको व्यवस्थासँगै अस्पताललाई प्राथमिकतामा राख्न सहयोग गर्न नेता डा। कोइरालालाई आग्रह गरेका थिए ।