काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीजको अवसरमा महिला श्रृजनशील केन्द्रले आगामी भदौं ७ देखी ९ गतेसम्म उद्यमी मेलाको आयोजना गर्ने भएको छ।
उक्त मेला महिला श्रृजनशिल केन्द्रको आयोजना तथा राईजिङ नेपाल प्रा।लिको व्यवस्थापनमा हुन लागेको हो । नेपालको सबैभन्दा ठूलो तीज मेलाको रुपमा विगत २१ वर्षदेखि संचालन हुँदै २१ औ डाबर गुलाबारी तीज फेस्टिवल श्रृजनशिल उद्यमी मेला २०८१ काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंकुटमा आयोजना हुने भएको छ ।
महिला उद्यमीहरुले आफ्ना श्रृजनाहरु उत्पादन र सेवा मार्फत प्रदर्शन गर्ने उद्धेश्यले श्रृजनशिल उद्यमी मेला वार्षिकरुपमा आयोजना गरिँदै आएको छ । यो इभेन्ट उत्पादन र सेवाको व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरुलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुँदै आएको छ । यो महिलाहरुको लागि व्यवसायीक सम्पर्क बढाउने माध्यमको रुपमा विगत २१ वर्षदेखि आयोजना हुँदै आएको छ ।
उक्त मेलामा ७० वटा भन्दा बढी स्टलहरु रहने छन् । उक्त मेला आकर्षण भनेको घरेलु तथा हस्तकलाका सामग्रीहरु, तीज विशेषखानाका परिकार,नि स् शुल्क स्वास्थ्य शिविर , मेहेन्दी आर्ट , हेयर कट, हात खाली नजाने विशेष उपहार रहेका छन्। उक्त मेला १० बजे देखि ६ बजे सम्म आगुन्तुकले अवलोकन गर्ने सकिन्छ ।