काठमाडौं । नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलले एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
नेपाल होस्टेल एसोसेसन ( निहा) ले एभरेष्ट अस्पतालको सहकार्यमा आयोजना भएको उक्त शिविरमा २४४ जना लाई ४ लाख २४ हजार ५ सय ६० रुपँया बराबरका नि शुल्क स्वास्थ्य सेवा प्रदान गरेको हस्पिटलका निर्देशक तथा प्रशासनिक प्रमुख दीपकचन्द्र बरालले बताए ।

बिहिबार भएको उक्त शिविर अन्तर्गत सुगर, क्रियाटिनिन जाँच, दाँतको परीक्षण, आँखा जाँच, नि शुल्क चस्मा वितरण साथै सबै ल्याब टेस्ट १०० प्रतिशत छुटका साथ गरिएको थियो । हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अर्नगत समय समयमा यस्ता नि शुल्क स्वास्थ्य शिविर गर्दै आएको बरालले बताए ।

एभरेष्ट हस्पिटलले प्रदान गरने स्वास्थ्य सुविधा अर्न्तगत गरिब तथा विपन्न बिरामीहरुलाई निशुल्क सेवा प्रदान गर्दै आईरहेको छ । साथै जेष्ठ नागरीक तथा स्थानिय बिरामीहरुलाई विशेष छुट समेत प्रदान गर्दै आईरहेका छ । सुनिश्चित स्वास्थ्य र गुणस्तरीय सेवा नै यस अस्पतालको धर्म हो भनी संकल्प लिएर सेवा प्रदान गर्दै आईरहेको छ ।
