चितवन । भरतपुर अस्पतालमा पाठेघरको मासुको टुक्रा ९बायोप्सी० निकाल्न खोज्दा एक महिलाको मृत्यु भएको छ ।
नवलपुरको गैंडाकोछ–५ ओमशान्ति चोक घर भएकी ३९ वर्षीया सम्झना काफ्ले मंगलबार दिउँसो पाठेघरको समस्याको उपचारका लागि अस्पताल पुगेकी थिइन् । पाठेघरमा सिष्ट भएको भन्दै बायस्पी गर्न उनलाई अस्पतालमा भर्ना गरिएको थियो । पाठेघरमा देखिएको समस्याको उपचार गर्न स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकी महिलाको मृत्यु भएको छ।
बिरामीको मुटुमा पनि समस्या रहेका कारण बेहोस बनाउने औषधीको असर परेको हुनसक्ने अस्पतालले जनाएको छ ।
मृतकका आफन्तहरुले भने पाठेघरको उपचार गर्न गएकी बिरामीको स्वास्थ्यकर्मीको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्।