काठमाडौं । साउन सुरु भएसँगै मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढेका छन् ।
फाट्टफुट्ट देखिने स्क्रब टाइफसका बिरामी यही साउनदेखि हालसम्म ७० जनामा देखिएको छ । हेटौँडा उपमहानगरपालिकामा ३९ जना स्क्रब टाइफसका बिरामी फेलापरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
यस्तै मकवानपुरगढीमा नौ, मनहरी गाउँपालिकामा छ, बकैया गाउँपालिकामा सात, भीमफेदी गाउँपालिकामा चार, बागमती गाउँपालिका, कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकामा एक–एकजना स्क्रब टाइफसका बिरामी फेलापरेका छन् । मुसाको माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सचेतना अपनाउन जिल्ला जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।