काठमाडौं । आज प्रतिनिधि सभामा सांसद र मन्त्रीबीच प्रश्नोत्तर कार्यक्रम रहेको छ ।
दिउँसो १ बजे सुरु हुने बैठकमा तीन मन्त्रालयसँग सम्बन्धित् प्रश्नोत्तर हुनेछन्। सांसदहरुले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची समेत छ । स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित उत्तर मन्त्रीले दिने छन् ।
सांसद डा। तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने भन्ने सार्वजनिक महत्त्वको विषयमाथी स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गराउने पनि कार्यसूचीमा उल्लेख छ।
सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन०विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची छ ।