रामेछाप । रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं ३ लेखर्कमा आइतबार बिहान गएको पहिरोमा परि मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
बेपत्ता तीन जना मध्ये बुधबार बिहान पहिरोमा पुरिएको अवस्थामा थप एक जनाको शब फेला परेपछि मृतकको संख्या आठ पुगेको हो ।
नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको संयुक्त टोलीले खोजि गर्ने क्रममा पहिरोले पुरेको अबस्थामा सोमबार दिउँसो स्थानीय २३ बर्षकी बिन्दा पहरीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रदिप कुमार सिंहले जानकारी दिए ।
पहिरोमा अझै दुई जना बेपत्ता छन् । पहिरोमा परेर मृत्यु हुनेको संख्या आठ पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पहिरोका कारण लेखर्कका ५९ परिवार बिस्थापित भएका छन् । बिस्थापित परिवारलाई गाउँ नजिकैको कण्ठेश्वर माविको भवन र गाउँ पालिकाको खाली कोठाहरुमा राखिएको गाउँपालिकाले जनाएको छ ।