काठमाडौं । भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालले भक्तपुरमै पहिलो पटक २४ घण्टा आकस्मीक सेवा एम डि जि पि (MDGP) डाक्टर बाट दिने भएको छ ।
यस अस्पतालले बिरामिको सहजता एवंम सेवा सुविधाका लागि प्यारामेडिकल मेनपावर (EMS team) र कार्डियक सपोर्ट मेसिन सहितको एम्बुलेन्स सेवा पनि सञ्चालनमा ल्याएको छ । उपचारमा सबैको पहुँच र उपचार सहज होस भन्ने उद्देश्यले यस अस्पतालको आफ्नो सेवा विस्तार गर्दै आएको अस्पतालका अप्रेशन म्यानेजर डा. विवेक श्रेष्ठले बताए ।
डा. रोहेन्द्र पाँडेको नेतृत्वमा आकस्मीक सेवामा एम डि जि पि डाक्टर बाट सुरु भएको छ । साथै बिरामिको सहजताकालागि आकस्मीक कक्षमा बेड तथा मेडिकल मेसिनहरु थप गरिएको छ ।
अस्पतालले सामुदायिक स्तरमा विभिन्न प्रकारको हेल्थ क्यापहरु गरिरहेको छ । भक्तपुरका विभिन्न स्कुलहरुमा गएर अस्पतालले स्वास्थ्य जनचेतनामुलक विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको डा. श्रेष्ठले बताए ।