काठमाडौं । साउन सुरु भएसँगै स्क्रब टाइफसका बिरामी बढेका छन् ।
जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका बिरामीमध्ये ७८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ । फाट्टफुट्ट देखिने स्क्रब टाइफसका बिरामी अहिले धेरै बढेका छन् । तीन सय छ जनाको परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालयकाका अनुसार सङ्क्रमितमध्ये ३३ चितवनका र ४५ जना जिल्ला बाहिरका रहेका छन् ।
मुसाको माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सचेतना अपनाउन जिल्ला जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
स्क्रबटाइफस सङ्क्रमण मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ ।
यसका लक्षणहरु
- ज्वरो आउनु,
- आँखा रातो हुनु,
- खोकी,
- वान्ता,
- पेट दुखाइ र पखालाले सताउनु,
- सास फेर्न समस्या हुनु,
- धेरै टाउको दुख्नु,
- जोर्नी र मांसपेशी दुख्नु,
- बिमिरा देखिनु,
- टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता देखिने गर्दछ
यसको सङ्क्रमणबाट बच्न
- खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएका कपडा र उपयुक्त जुत्ता लगाउने,
- शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने,
- घर वरिपरिका खेताबारीमा घाँस बढ्न नदिने,
- वातावरण सफा राख्ने,
- मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नुपर्ने