चितवन। डेङ्गी सङ्क्रमणका कारण ६३ वर्षीय एकजनाको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचारका क्रममा ६३ वर्षीय पुरुषको शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनाकारी दिएको छ । उनि ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए ।
जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये पाँच सय ३२ जना चितवनका र अन्य जिल्लाका छन् ।