काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कास्कीको हाताभित्र ज्येष्ठ नागरिक विश्राम कक्ष र स्वास्थ्य सहायता केन्द्रको आजदेखि सञ्चालनमा ल्याइएको छ ।
कार्यालयमा सेवा लिन आउने ज्येष्ठ नागरिकलाई सहजताका लागि विश्राम कक्षमा नै पुगेर सेवा प्रदान गर्ने गरी कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ । दैनिक ५० देखि ६० जना ज्येष्ठ नागरिक नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र लगायत सेवाका लागि आउने गरेका छन् ।
स्वास्थ्य सहायता केन्द्रमा स्वास्थ्यकर्मीबाट उच्च रक्तचाप जाँच, तापक्रम जाँच, बेडको सुविधा तथा आवश्यक औषधि निःशुल्क प्रदान गरिनेछ । सेवा लिन पुग्ने ज्येष्ठ नागरिकको परीक्षणसहित स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श सेवा उपलब्ध गराइने प्रशासन कार्यालयले जनाएको छ ।
ज्येष्ठ नागरिकलाई लामो समय लाइनमा बस्नु नपर्ने गरी सेवा दिनका लागि ‘डेडिकेटेड लाइन’को व्यवस्था गरिने समेत प्रशासनले जानकारि दिएको छ ।
नागरिकलाई विश्राम कक्ष र स्वास्थ्य सहायता केन्द्रसहितको व्यवस्थाले सेवा प्रवाहमा सहजता ल्याउने छ ।