चितवन । चितवनमा डेंगुको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुने भरतपुर महानगरपालिका–२० चनौलिका ४१ वर्षीय पुरुष रहेका छन् । ज्वरो आएर उपचारका लागि शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
बिरामीमा कडा खालको डेंगु देखिएको अस्पताले जनाएको छ । शरीरका विभिन्न भागबाट रक्तश्राव भई अङ्गहरूले काम गर्न छाडेर (मल्टि अर्गान फेलर) उनको मृत्यु भएको हो ।
देशभरि डेंगुका बिरामीको सङ्ख्या ६ हजारभन्दा बढी पुगेको छ । जस मध्य मुत्यु हुनेको सख्या चार पुगेको छ । चितवनमा मात्र ८८ जनामा डेंगुको सङ्क्रमण देखिएको छ ।