काठमाडौं । स्वास्थ्य संस्था तथा अस्पतालले जथाभावी बिरामीलाई रिफर गरे भुक्तानी नदिने स्वास्थ्य बीमा बोर्डले चेतावनी दिएको छ ।
स्वास्थ्य संस्थामा सेवा उपलब्ध हुँदाहुँदै पनि निजी स्वास्थ्य संस्थामा रिफर गर्ने गरेको पाइएको भन्दै बोर्डले बीमामा आवद्ध बिरामीलाई जथाभावी रिफर गरे भुक्तानी नदिने पत्राचार गरेको छ । अनावश्यक रुपमा रेफर गरेको पाईएकोले अब उप्रान्त आफ्नो संस्थामा भईरहेको सेवालाई नजर अन्दाज गरी रिफर नगर्न, गर्नु परेमा अनिवार्य रुपमा कारण खुलाएर मात्र गर्न र अनावश्यक रिफर नगर्न बोर्डले निर्देशन दिएको छ ।
