काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गरेको छ । उनि पक्राउ परे लगत्तै उनका समर्थकमाथि प्रहरीले धरपकड सुरु गरेको छ।
प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उनलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।
प्रसाईं पक्राउपछि आन्दोलन गर्ने तयारी गर्दै गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूलाई निगरानीमा मात्र राखेको दाबी गरेको छ।