काठमाडौं । देशभर डेंगु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार असोज महिनाभर डेंगु सङ्क्रमणको जोखिम हुने बताए । सामन्यतया डेंगु सङ्क्रमण जेठदेखि असोजसम्म हुने गर्दछ तर असोजसम्म पानी पर्ने भएकाले डेंगुको जोखिम रहने जानकारि दिएको छ ।
ईडीसीडीका अनुसार अहिलेसम्म देशभर ११ हजार पाँच सय ४५ जनामा डेंगु सङ्क्रमण देखिएको छ । डेंगु सङ्क्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ । हुम्लाबाहेक देशभर डेंगु संक्रमण देखिएको छ।
डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्ने भएकाले घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिन महाशाखाले अनुरोध गरेको छ ।