लमजुङ । विद्यालय जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन् ।
लमजुङ जिल्लाको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते हुनेमा १३ वर्षीय रीना गुरुङ, १२ वर्षीय अर्जना तामाङ, १३ वर्षीय सङ्गीता तामाङ र १० वर्षीय करुणा गुरुङ रहेका छन् । घरबाट विद्यालय जाँदै गर्दा बाटोमा अचानक आएको अरिङ्गालले उनीहरूको टाउको, छातीलगायत शरीरका विभिन्न भागमा टोकेको छ । घाइते सबैको उद्धार गरी लमजुङ अस्पतालमा उपचार भइरहेको छ ।