काठमाडौँ । नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन मंसिर २८ र २९ गते हुने भएको छ। सम्मेलनका विषयमा जानकारी दिदै संघका महासचिव डा.सन्जिब तिवारीले ‘हेल्थ वियोन्ड हेल्थ’ भन्ने मुख्य सन्देश सहित काठमाडौंमा दुई दिन सम्मेलन हुन लागेको जानकारी दिए ।
स्वास्थ्यसम्मेलन ‘हेल्थ वियोन्ड हेन्थ’ भन्ने मूल सन्देशसहित बबरमहलस्थित कार्की व्यांकेटमा हुनेछ । उक्त सम्मेलनको समापन पश्चात् वैज्ञानिक रुपमा प्रस्तुत गरिएका कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी रणनीतिमूलक नीतिगत सुझाव गत बर्षझैं नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत देशभरका सरोकारवाला निकायमा सम्प्रेषण गरिने पनि संघले जनाएको छ ।
