काठमाडौं । प्रहरी अस्पतालमा कार्यरत प्राविधिक प्रहरी (इन्स्पेक्टर) डा शिवानी सिंह विना जानकारी लामो समय सम्पर्कविहीन रहेको गृह मन्त्रालयले जनाएको छ।
लामो समय सम्पर्कविहीन भएपछि गृह मन्त्रालयले खोजी सुरु गरेको छ । मन्त्रालयले आज सूचना जारी गर्दै डा सिंहलाई सम्पर्कविहिन हुनुको कारणसहित हाजिर हुन भनेको छ । उनि वैशाख २ गतेदेखि सम्पर्कविहीन भएकी थिईन ।
गोरखापत्रमा प्रकाशित सूचनामा मन्त्रालयले डा सिंहलाई सात दिनभित्र गैरहाजिर हुनुको कारण सहित सन्तोषजनक स्पष्टीकरण सहित हाजिर हुनभनेको छ। डा सिंहले २०८१ वैशाख २ गतेदेखि लागू हुने गरी ४ दिनको भैपरी आउने बिदा स्वीकृत गराएकी थिइन्ई । फेरि थप घर बिदा १४ दिन, पुनः थप घर बिदा ३० दिन र फेरि घर बिदा ३० दिन गरी कुल ७८ दिनसम्म लगातार बिदा बसी उक्त बिदा भुक्तान गरेकी थिइन्। त्यसपछि साउन ६ गते नेपाल प्रहरी अस्पतालमा हाजिर हुनुपर्नेमा उनी सम्पर्कविहिन बनेकी हुन्