काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले म्यामोग्राफी सेवामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
दशैं तिहारको र स्तन क्यान्सर सचेतना महिना (अक्टोबर) को अवसरमा अस्पतालले उक्त छुट दिने घोषणा गरिएको हो। चाडपर्वको अवसरका साथै स्तन क्यान्सर सचेतना महिना समेत भएकोले सम्पूर्ण आमा तथा दिदी वहिनीहरुको ब्रेस्ट क्यान्सर स्क्रिनिङमा प्रयोग हुने म्यामोग्राफी सेवामा १४ कात्तिक सम्म ५० प्रतिशत छुट गरिएको छ,’ अस्पतालद्धारा जारी सूचनामा भनिएको छ ।
अस्पतालका निर्देशक डा उज्वल चालिसेले छुटपछि ७ सय रुपैयाँमा स्तन क्यान्सर भएरनभएको पत्ता लगाउने सकिने बताए। ४० वर्ष केटेका महिलाहरुले स्क्यान गरी क्यान्सर छ छैन थाहा पाउन सकिन्छ। म्यामोग्राफीले स्तनको आकार तथा प्रकारमा भएको परिवर्तनलाई पहिचान गर्ने गर्छ। ४० कटेका महिलाले वर्षमा एक पटक म्यामोग्राफी जाँच आवस्यक हुन्छ । स्तन क्यान्सर सुरुवातमै पत्ता लागेर उपचार गर्न सकेमा पूर्ण रुपमा निको हुन्छ ।