डोटी। डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएपछि प्रहरीले तीन जना चिकित्सकलाई नियन्त्रणमा लिएको छ । उपचारका क्रममा लापरबाही गरेको आरोपमा प्रहरीले तीन जना चिकित्सकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
घरमा खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी डोटी दिपायल सिलगढी नगरपालिका–३, दिपायलकी नौं वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो । सामान्य उपचारपछि बुधबार राति करिब ८ बजे शल्यक्रियाका लागि बालिकालाई बेहोस गर्ने क्रममा औषधिले असर ९रियाक्सन० गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
बालिकाका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भनेपछि प्रहरीले उपचारमा संलग्न तीन जना चिकित्सकलाई अनुसन्धानका लागि प्रहरीले लिएको हो । चिकित्सकहरू डा.राजमणि यादव, डा. सुरेन्द्र कुमार चौधरी र डा. अबिशेक यादव प्रहरी नियन्त्रणमा लिएको हो।