काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयका केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै दशौँ र एघारौँ तहका केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेका हुन् ।
मन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका निर्देशकबाट केही समयअघि मात्रै टेकु अस्पताल पठाइएका डा। अनुप बास्तोलालाई मन्त्रालय तानिएको छ । उनलाई मन्त्रालयमै विशेष जिम्मेवारी दिने गरी सरुवा गरिएको हो ।
यसैगरी स्वास्थ्य शिक्षा सूचना तथा सञ्चारकेन्द्रमा उपेन्द्र ढुंगाना पठाइएका छन्। त्यस केन्द्रको जिम्मेवारीमा रहेका डा। भक्त केसीलाई मन्त्रालयअन्तर्गतको समन्वय महाशाखामा ल्याएका छन्।
त्यसैगरी, गेटा अस्पतालको नेतृत्वको जिम्मेवारी सेती प्रादेशिक अस्पतालमा कार्यरत डा। अशोक श्रीपाइलीलाई दिइएको छ । गेटामा कार्यरत डा। विप्लव सापकोटालाई फिर्ता बोलाइएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको समेत नेतृत्व सम्हालिरहेका सिंहदरवार वैद्यखानाका निर्देशक डा। प्रदीप केसीलाई वैद्यखानामै केन्द्रित गर्ने निर्णय गरिएको छ ।