काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले कस्मेटिक बाहेक जलनका सबै बिरामीहरूलाई सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको बताए ।
जलन पीडितहरूसँग मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले जलन पीडितका लागि उपचार सेवाको बिस्तार जिल्ला अस्पतालसम्म गर्ने प्रयासमा आफू लागिपरेको बताए ।
मन्त्री पौडेलले हाल सरकारले जलन पीडितका लागि उपचारका लागि ८ वटा अस्पतालमा व्यवस्था गरेको भएपनि त्यसलाई जिल्ला अस्पतालसम्म पुर्याउने योजना रहेको बताए । मन्त्री पौडेलले जनशक्तिको अभावमा पनि नेपालमा जलनका बिरामीहरूको उपचार प्राथमिक स्वास्थ्य केन्द्रसँग पुर्याउने सम्भावना नभएको पनि स्पष्ट पारे ।
सो अवसरमा जलन पीडितहरूले जलनका बिरामीको उपचार सहज बनाउने मन्त्री पौडेलले खेल्नुभएको भूमिकाप्रति धन्यवाद दिँदै प्रशंसा गरे ।