काठमाडौं । भक्तपुरको ठिमीमा रहेको नागरिक सामुदायिक अस्पतालमा मङ्सिर १ गते शनिबारका दिन नि:शुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।
महिलाहरुमा हुने पाठेघर तथा स्त्री रोग सम्बन्धि समस्याको समयमै पहिचान गर्न र IVF सम्बन्धि नि:शुल्क जाँच तथा परामर्शका लागि वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ एवमं बाँझोपन विशेषज्ञ डा. भोला रिजाल, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. करिश्मा पाण्डे र प्रसूति तथा स्त्री रोग विशेषज्ञ एवमं ल्याप्रोस्कोपिक सर्जन डा. सरिता खैंजु द्वारा शिविरमा स्वास्थ्य जाँच गरिने छ।
उक्त शिविरमा महिलाहरु हुने पाटेघर तथा प्रजनन सम्बधि, डाक्टर जाँच तथा परामर्श, IVF सम्बन्धि नि:शुल्क जाँच तथा परामर्श, नि:शुल्क मधुमेह र युरिन जाँच, USG मा ४०% छुट, सबै प्रयोगशाला परीक्षण २०% छुट, सबै निदान परीक्षण २०% छुट र फार्मेसी सेवा १०% छुटको व्यवस्था गरिएको छ ।
उक्त शिविर नागरिक अस्पतालकै प्रांगणमै यहि मिति २०८१/०८/०१ गते शनिबारको दिन बिहान ८:०० देखि ११:०० सम्म हुदैछ । नागरिक अस्पतालले आफ्नो सामुदायिक कार्यक्रम अन्तर्गत समय समयमा विभिन्न प्रकारका स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ।