नेपालगन्ज । संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) को निधन भएको छ ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुर निवासी काँग्रेस नेता सिद्दिकीको ६० वर्षको उमेरमा गएराती हृदयाघातबाट निधन भएको काँग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले जानकारी दिए ।
उनको आज अपराह्न ४ बजे अन्त्येष्टि गरिने कोइरालाले जानकारी दिए ।