काठमाडौँ । नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन मंसिर २८ र २९ गते हुने भएको छ। सम्मेलनका विषयमा जानकारी दिदै संघका महासचिव डा.सन्जिब तिवारीले ‘हेल्थ वियोन्ड हेल्थ’ भन्ने मुख्य सन्देश सहित काठमाडौंमा दुई दिन सम्मेलन हुन लागेको जानकारी दिए । सम्मेलनमा विभिन्न विज्ञको सुझावको आधारमा सम्मेलनले नेपालको बदलिँदो स्वास्थ्य आवश्यकता अनुरूप दिगो स्वास्थ्य प्रणालीको लागि एक अग्रगामी नीति तथा योजना तयार गर्ने उनले बताए।
स्वास्थ्यसम्मेलन ‘हेल्थ वियोन्ड हेन्थ’ भन्ने मूल सन्देशसहित बबरमहलस्थित कार्की व्यांकेटमा हुनेछ । उक्त सम्मेलनको समापन पश्चात् वैज्ञानिक रुपमा प्रस्तुत गरिएका कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी रणनीतिमूलक नीतिगत सुझाव गत बर्षझैं नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत देशभरका सरोकारवाला निकायमा सम्प्रेषण गरिने पनि संघले जनाएको छ ।
स्वास्थ्यलाई शिक्षा, आवास, रोजगारी र वातावरण संरक्षण जस्ता सबै क्षेत्रसँग जोडेर एकीकृत नीतिका रूपमा प्रस्तुत गर्दै सम्मेलनले नेपालको वर्तमान स्वास्थ्य असमतालाई सम्बोधन गर्ने, स्वास्थ्य प्रणालीलाई सबल बनाउने र भविष्यका स्वास्थ्यसम्बन्धी आवश्यकताको तयारी गर्ने लक्ष्य राखेको छ।