काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा फोरम अफ इथिकल रिभ्यू कमिटी इन दी एसिया एण्ड वेस्टर्न प्यासिफिक रिजन (फरक्याप)को २४औं शिखर सम्मेलन आजबाट सुरु भएको छ ।
फरक्यापको सदस्य समेत रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को मुख्य आयोजनामा द एभरेष्ट होटल नयाँ बानेश्वरमा सुरु सम्मेलनको औपचारिक उद्घाटन आज स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गरेका छन ।
१२ गतेसम्म चल्ने फोरम फर ईथिकल रिभ्यु कमिटी इन द एशिया एण्ड ओएस्टर्न प्यासिफिक रिजनको २४ औं शिखर सम्मेलनको नारा म्याक्सिमाइज बेनिफिट थ्रो रेस्पोन्सिबल कन्डक्ट अफ रिसर्चु का साथ सुरु भएको छ ।
परिषदका अनुसार सम्मेलनमा विश्वका विभिन्न २३ देशका विज्ञ तथा प्रतिनिधि सहभागी भएका छन् । अमेरिका, जापान, बेलायत, फिलिपिन्स, पोल्याण्ड, मलेसिया, नर्वे, ग्रीस, केन्या, ब्राजिल, भारत लगायतका सहभागीहरुको प्रत्यक्ष तथा २०० भन्दा बढी भर्जुअल रुपमा सहभागी हुने जानकारी दिइएको छ ।
सम्मेलनमा राष्ट्रिय, अन्तराष्ट्रिय विज्ञका मौखिक र पोस्टर प्रस्तुती गरी ९० वटा प्रस्तुती छनोट भएको छ । सम्मेलनमा स्वास्थ्य अनुसन्धान र स्वाथ्य क्षेत्रमा भएका नयाँ आविष्कार, यसले पारेका साकारात्मक र नकारात्मक प्रभावका विषयमा गहन छलफल हुनेछ ।