काठमाडौं । सजिलोका लागि डाइपरको प्रयोग गर्ने गर्दछन् । कहि कतै टाढाको यात्रा गर्दा बाटोमा नै आफ्ना स साना नानी बाबुहरुले दिसा पिसाब गर्लान भनेर डाइपरको प्रयोग गर्ने गरिन्छ । यो एक हिसाबले झन्झटिलो कामबाट राहत पाउँनु पनि हो । बालबालिकालाई डाइपरले लगाउँदा पार्न सक्ने असर बारे पनि अभिभावकहरु सचेत हुन उतिकै आवश्यक हुन्छ ।
बालबालिकाहरुलाई लामो समयसम्म डाइपरको प्रयोग गरिरहदा एलर्जी, घाउँ हुने जस्ता समस्या निम्त्याउन सक्छ । त्यसकारण डाइपरको प्रयोग गर्नु अगाडी यसलाई कति समय सम्म प्रयोग गर्ने भन्ने जानकारी लिनुपर्ने हुन्छ ।
धेरै अभिभावकहरुले डाइपरको प्रयोगले आफ्नो शिशुमा एलर्जी घाउँ र डाइपर लगाउनै नमान्ने रुने गरेको बताउँछन् ।
डायपर र्यास हुन नदिन के गर्ने ?
- चिसो फोहर डाइपर तुरुन्त बदल्ने,
- धरै डाइपरको प्रयोग नगर्ने,
- कपास र मनतातो पानीले डाइपर एरिया सफा गर्ने,
- सफा गरे पछि र्यास भएको र्यास क्रिम लगाइदिने,
- डाइपर बदले पछि आफुले साबुन पानीले हात धुने,
- समय समयमा बच्चा सुतेको बेला डाइपर एरिया खुला राख्ने