काठमाडौँ । नेपाल फार्मेसी काउन्सिलले लिएको फार्मेसी एसिस्टेन्टको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ। फार्मेसी एसिस्टेन्टको लाइसेन्स परीक्षामा जम्मा १०.२ प्रतिशत मात्र उत्तीर्ण भएका छन्।
यो परीक्षाका लागि कुल १ हजार २९९ जनाले आवेदन दिएका थिए। तर परीक्षामा भने १ हजार २६४ जना मात्रै सहभागी भएका र ती मध्ये १२९ जना मात्र उत्तीर्ण भएका काउन्सिलका रजिष्ट्रार सञ्जिव पाण्डेय बताए ।
सहभागी परीक्षार्थी मध्ये जम्मा १०.२ प्रतिशत मात्र उत्तीर्ण भएका हुन्। लाइसेन्स परीक्षा उत्तीर्ण गरेकाहरुले मात्रै फार्मेसीमा बसेर औषधिको बिक्री बितरण गर्न पाउने व्यवस्था छ ।
