काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले विज्ञ सल्लाहकार समूह गठन गरेका छन्। उनको विज्ञ सल्लाहकारमा स्वास्थ्य क्षेत्रका साथै नीति निर्माणमा समेत अनुभव भएका पाँचजना समेटिएका हुन्।
सल्लाहकारमा प्रताप पौडेल, मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, पूर्व स्वास्थ्य सचिव डा सुधा शर्मा, गण्डकी प्रदेश योजना आयोगको पूर्व उपाध्यक्ष रघु काफ्ले र जनस्वास्थ्य विज्ञ अमित भण्डारी रहेका छन्। पौडेलले पुर्व स्वास्थ्य मन्त्री गगन थापाका प्रमुख सल्लाहकारका रुपमा काम गरेका थिए।
सल्लाहकार समूहले मन्त्रालयले बनाउने नीति र त्यसको कार्यान्वयनका लागि आफ्नो विज्ञता प्रदान गर्नेछ।